धरान: पेट्रोलियम पदार्थमा भारी मुल्यवृद्धि भएको छ ।

नेपाल आयल निगमको बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा ५ रुपैया बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैया बढेको हो ।

अब पेट्रोल खरिद गर्दा सर्वसाधारणले प्रतिलिटर खुद्रामा १५० रुपैया तिर्नुपर्छ भने डिजल र मट्टीतेल प्रतिलिटर १३३ रुपैया पर्छ । खाना पकाउने ग्याँसको मुल्य भने बढाइएको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको र त्यसले घाटाको दर अत्यधिक बढेको भन्दै निगमले मुल्यवृद्धि गरेको हो ।