धरान: धरानमा जारी स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ । 

मंगलबार धरान १६ स्थित रंगशालामा वडा नं ८  र वडा १९ बीचको खेल सकिएसँगै पहिलो चरणको खेलहरु सम्पन्न भएको हो । खेलमा ८ नं. वडाले १९ नं. वडालाई २–० ले पराजित गरेको छ । ८ नं. वडाको लागी मनोज राई र आमोद माझीले गोल गरेका थिए । राईले खेलको दोस्रो हाफको ३८ र माझीले दोस्रो हाफको ४१ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरान–८ का आमोद माझी घोषित भए । उनले नगद २५ सय पुरस्कार हात पारे । 

पहिलो चरणको खेलहरु सम्पन्न हुँदा वडा नं. १५, १४, १३ र ८ ले आफ्नो खेल जित्दै महत्वपूर्ण ३ अंक जोडेका छन् । भोली(बुधबार) धरान रंगशालामा पहिलो खेलमा वडा नं. १६ र १९ बीच हुनेछ भने दोस्रो खेल वडा नं. १५ र १४ का बीच हुनेछ । पहिलो खेल दिनको २ बजे र दोस्रो खेल दिनको ४ बजे सुरु हुने आयोजकले जनाएको छ ।

गएको गोधुली रनिङ कपका उत्कृष्ट ८ टिमबीच प्रतियोगिता आयोजना भएको हो । गोधुली कपको टप ८ टिमलाई दुई समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ । समुह विजेता र उपविजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजेता टिमहरुले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म हुनेछ । प्रतियोगताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

league-table