धरान: विश्व मुख स्वास्थ्य दिवसको अवसरमा २० मार्च (चैत्र ६ गते) आइतबार विविध कार्यक्रम गरि मनाइने भएको छ । 

 नेपाल डेन्टल एसोसिएसन सुनसरी शाखाले विभिन्न कार्यक्रम गरेर विश्व मुख स्वास्थ्य दिवस मनाउने तयारी गरेको हो । उक्त कार्यक्रम संचालन र सफल पार्न नेपाल डेन्टल एसोसियसन, स्टुडेन्ट विंग सुनसरीको पनि सक्रिय सहभागिता रहने छ्र । उक्त दिन विद्यार्थीहरुले जनचेतनामुलाक र्याली, फोटोग्राफी प्रदर्शनी प्रतियोगिता, पोस्टर प्रतियोगिता, खुल्ला राष्ट्रव्यापी इपोस्टर प्रतियोगिता, बालबालिकाहरुको फेस पेंटिंग कार्यक्रम हुनेछ ।

यस्तै, धरान उपमहानगरपालिकामा निःशुल्क दन्त परिक्षण हुनेछ भने विशेषज्ञ चिकित्सकहरुद्वारा विभिन्न विषयगत प्रस्तुती, खानपान र मुख दाँत स्वास्थ्य सम्बन्धि जानाकारीमूलक कार्यक्रम रहनेछ । आयोजक एशोसिएशनका अनुसार आइतबार बिहान ८ बजे देखि २ बजेसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान डेन्टल परिसरमा कार्यक्रम हुनेछ भने निः शुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रम दिउँसो धरान उपमहानगरपालिकाको कार्यालयमा हुनेछ्र

उक्त कार्यक्रमको नेतृत्व तथा आयोजना नेपाल डेन्टल एसोसिएसन सुनसरीले गर्नेछ भने एसोसियसनको विद्यार्थी खण्डलाई विशेष रुपमा परिचालन गरिने अध्यक्ष डा. मन्नु विक्रमले बताए । उनका अनुसार मुख स्वास्थ्य सम्बन्धि नेपालमा निकै कम जनचेतना रहेको छ । सबै जनताको मुख तथा दाँत सेवामा निकै कम पहुँच रहेको र धेरै जनताहरु विपन्न रहेकाले दन्त उपचारमा खर्च अभाव भइ सेवाबाट वन्चित रहनुपरेको अध्यक्ष डा.मन्नु बिक्रमले बताए । जनचेतना बढ्ने र जनतामा उपचार पहुच समेत बढ्ने गरि नीति निर्माणमै पैरवी गर्ने उद्देश्यले हरेक वर्ष २० मार्चलाई विश्व मुख स्वास्थ्य दिवसको रुपमा संसार भर मनाइने गरिएको छ ।