धरान: स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको समुह चरणको खेल सकिदा समुह बी बाट धरानको वडा नं. १३ र १९ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आफ्नो समुहमा ६ अंकका साथ वडा नं. १३ अंक तालिकाको शीर्षस्थानमा रहदै समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने ४ अंक बटुलेको वडा नं. १९ समुह उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो । वडा १९ सँगै समान ४ अंक रहेपनि गोल अन्तरमा पछि परेपछि गोधुली कपको विजेता वडा नं १६ भने समुह चरणबाटै बाहिरिएको छ । सोमबार भएको पहिलो खेलमा वडा नं १६ ले वडा नं ८ लाई पराजित २ १ ले पराजित गर्दै गर्दै समुह उपविजेता हुने सम्भावना जिवित राखेको थियो ।
दोस्रो हाफको ५८ औं मिनेटमा ८ नं. वडाका सृजन राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर लगत्तै १६ नं. वडाले पेनाल्टीको अवसर पाएपछि गोल गर्दै लाकेन लिम्बूले खेल बराबरीमा ल्याएका थिए । खेलको इन्जुरी समयमा १६ नं. वडाका सरोज लकान्द्रीले गोल गर्दै १६ नं. वडालाई जित दिलाउदै दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेका थिए । तर समुह चरणको अन्तिम खेलमा वडा नं १९ ले वडा नं १३ लाई फराकिलो गोलअन्तरले पराजित गरेपछि वडा नं १६ समुह उपविजेता हुन नसकेर प्रतियोगिताबाट बाहिरियो । खेलको म्यान अफ द म्याच १६ नं. वडाका मनिष बस्नेत घोषित भएका थिए । उनलाई नगद २५ सय पुरस्कार प्रदान गरिएको थियो ।
दोस्रो खेलमा वडा नं १९ ले वडाले १३ लाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा वडा नं १३ ले अग्रता लिए पनि लगातार वडा नं १९ ले ४ गोल गरेपछि खेल जितेको थियो । वडा १३ को लागि सोहिल श्रेष्ठले खेलको १५ मिनेटमा नै गोल गरेका थिए । वडा १९ को लागि प्रमेश राईले २० औं मिनेटमा, मन्जिल राईले खेलको ४६ औं मिनेटमा, लगत्तै ४८ औं मिनेटमा आयाम राईले गोल गरे भने ६८ औं मिनेटमा आशिष राईले गोल गरे । खेलको म्यान अफ द म्याच १९ नं. वडाका मन्जिल राई घोषित भए । उनलाई नगद २५ सय र मेडल प्रदान गरिएको थियो । बुधबार पहिलो सेमिफाइनलमा समुह ए को विजेता वडा नं. १५ र समुह बी को उपविजेता वडा नं. १९ बीच हुनेछ भने दोस्रो सेमिफाइनल बिहीबार समुह बी को विजेता वडा नं. १३ र समुह ए को उपविजेता वडा नं.११ बीच हुनेछ ।