धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिडलगायत उपचारको क्रममा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिइएको छ ।

घोपा बचाउ आन्दोलन अन्तर्गत मंगलबार धर्ना पश्चात अभियानकर्मीहरुले श्रद्धाञ्जली प्रकट गरेका हुन् । उनीहरुले धर्नास्थल धरान १८ स्थित शिवमार्गमा मैनबत्ति बालेर दिवंगतहरुलाई श्रद्धाञ्जली दिएका थिए । विगत ४ दिनदेखि सेभ घोपा क्याम्प अर्थात वीपी प्रतिष्ठान बचाउ आन्दोलन भइरहेको छ । प्रतिष्ठानलाई घोपा क्याम्प पनि भनिन्छ ।

प्रतिष्ठानमा बेथिती तथा भ्रष्टचार बढेको र उपचार सेवा खस्कदै गएर विरामीहरुले सास्ती भोग्नुपरेको, कतिपयले ज्यान गुमाउन बाध्य भएको भन्दै सुधारको लागि आन्दोलन शुरु भएको हो । काठमाण्डौंको हामी नेपाल नामको संस्थाको आह्वानमा आइतबारदेखि शुरु भएको घोपा क्याम्प बचाउ आन्दोलनमा धरानका युवा तथा सामाजिक अभियन्ताहरुको पनि सहभागिता रहेको छ । हरेक दिन दिउँसो ४ बजेदेखि प्रतिष्ठानको डेन्टल कलेज गेट बाहिर धर्ना दिइने गरिएको छ ।

save-ghopa3'

प्रतिष्ठानको इर्मजेन्सीमा विरामीले बेड नपाएर भुँईमा उपचार भइरहेको, अप्रेशनको लागि महिनौ कुर्नु पर्ने र समय कुर्दाकुर्दै ज्यान जोखिममा पर्ने गरेको, सिटि स्क्यान र ल्याब टेष्ट गर्न अनावश्यक ढिलाई हुने, अव्यवस्थित व्यवस्थापनले घण्टौं लाइनमा उभिनुपरेकोलगायत बेथितीहरु अन्त्यको माग गर्दै युवाहरुले आन्दोलन शुरु गरेका हुन् । कमिशनको चक्करमा गुणस्तरहिन सामान खरिद नगर्न, एमआरआई जस्तो अत्यावश्यक मेशिन चाडो खरिद गरेर विरामीलाई विराटनगरलगायत अन्यत्रको अस्पताल धाउन बाध्य नपार्न पनि माग गरिएको छ । 

तस्बिर / भिडियो: सनम तामाङ

save-ghopa7

save-ghopa10

save-ghopa4

save-ghopa2

save-ghopa6

save-ghopa1