धरान: नेपाल तरुण दल धरान उपमहानगर समितिले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै युवा तथा तरुण निर्वाचन मूल परिचालन समिति गठन गरेको छ । 

वृहत तरुण युवाहरुको भेलाले मंगलबार हिमाल श्रेष्ठ संयोजक रहेको २०५ सदस्यीय निर्वाचन मुल परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा नरसिंह राई, एकराज शंकर र रामकुमार तामाङ रहेका छन् भने सदस्य सचिवमा मनोहर श्रेष्ठ र सहसचिवमा प्रज्वल श्रेष्ठ रहेका छन् । 

यूवा तथा तरुण मूल परिचालन समितिले २०५ सदस्य वडा नं. १ देखि २० वडासम्मै यूवा तथा तरुण निर्वाचन परिचालन समितिको संयोजक समेत तोकेको संयोजक श्रेष्ठले बताए । उनका अनुसार वडा संयोजकहरुलाई आ आफ्नो वडामा तरुण युवाहरु भेला तथा टोल कमिटी गठन गर्ने निर्णय भएको छ भने पार्टीका उम्मेदवारहरुलाई स्थानीय तहको निर्वाचनमा जिताउन सशक्तरुपमा परिचालन हुने पनि निर्णय भएको संयोजक श्रेष्ठले जानकारी दिए । 

यी हुन्, वडा १ देखि २० सम्म गठन भएको निर्वाचन परिचालन समितिका संयोजकहरु:

congress1 3
congress2