विराटनगर: प्रहरीले स्रोत नखुलेको भारतीय नगदसहित ४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा २ जना भारतीय नागरिक छन् भने दुई नेपाली नागरिक हुन् । उनीहरुलाई विराटनगर १५ मा भारतबाट नेपाल आउदै गरेको अवस्थामा सिमा प्रहरी चौकी रानीको प्रहरीले टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बिहारको सहरसा मनोहर गाउँ वड ानं १४ का ३७ बर्षीय अभिनाष मुखिया, २९ बर्षीय विष्णुदेव मुखिया छन् भने सुनसरीको बर्जु गाउँपालिका १ का ३८ बर्षीय सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव रहेका छन् । 

प्रहरीका अनुसार उनीहरुको साथबाट ३ लाख ८ हजार ५ सय भारतीय नगद वरामद भएको छ । उक्त नगदको स्रोत नखुलेको कारण ४ जनालाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी बुझाइएको पनि मोरङ प्रहरीले जनाएको छ ।