धरान: जनता समाजवादी पार्टीबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा निवार्चित महेन्द्रप्रसाद यादव नेकपा एमाले प्रवेश गरेका छन् । 

इनरुवामा बुधबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादव एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले स्वागत गरेका थिए । उनीसँगै विभिन्न पार्टीका नेता, कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । 

cpn 1

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेकपा एमाले पार्टी मधेशी समुदायको पार्टी भएको बताए । उनले एमालेसँग मधेशी समुदायको आशा र विश्वास तलमाथि हुन नदिने पनि बताए । उनले भने, 'एमाले पहाडियाहरुको पार्टी होइन, मधेशीहरुको पार्टी हो । मधेशीहरुको मात्र पनि होइन, मेचीदेखि महाकालीसम्मको सबैको हो । सबै पेशा, व्यवसाय, समुदाय, वर्गको हो । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको, सबै भाषा बोल्नेहरुको पार्टी हो । यो पार्टीले सबैको लागि काम गर्छ ।' 

cpn1

ओलीले विकास निर्माण र देशको स्वाभिमानलाई उच्च बनाउने काम आफ्नो नेतृत्वको सरकारले गरेको जिकिर गर्दै जनमत हुँदाहुदै सरकारबाट बाहिरिनु परेको बताए । एमाले सरकारबाट बाहिरिए राष्ट्रिय ढुकुटीमा पैसा हुन छोडेको पनि उनले बताए । वर्तमान सरकारले रणनीतिक महत्वका सडक योजनाहरु, विकास निर्माणको कामहरु कटौती गरेर देशलाई अघि बढ्नबाट रोकेको बताए । उनले भने, 'हामीले नक्सा छाप्यौ, अहिलेको सरकार भरसक त्यो नक्सा कसरी हटाउने भन्नेतर्फ छ ।'