धरान: सत्ता गठबन्धनबाट स्थानीय तह निर्वाचनमा इटहरीको उपमेयरमा नेकपा एकीकृत समाजवादीले नेता केवश विष्टलाई उठाउने भएको छ । 

समाजवादीको केन्द्रीय सदस्यसमेत रहेका विष्टलाई उपमेयरमा उठाउने निर्णय अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेका छन् । आज बिहान बसेको बैठकले इटहरीको उपमेयरमा विष्टसहित समाजवादीको भागमा परेको मेयर र उपमेयरका उम्मेद्वाहरुको नाम टुंगो लगाइएको वैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ । 

इटहरीका उपमेयरका उम्मेद्वार विष्ट राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव पनि भइसकेका नेता हुन् । युवा राजनीतिबाट उदाएका उनी नेकपा एमालेमा हुँदा इटहरीमा लोकप्रिय भएका नेता हुन् । गठबन्धनमा भागवण्डा हुँदा इटहरीको मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ । 

samajbadi1