धरान: धरानको वडा नं १४ को वडाअध्यक्षबाट राजिनामा दिएका कांग्रेस स्थानीय नेता कृष्णप्रसाद भट्टराई राप्रपा प्रवेश गर्ने तयारीमा छन् । 

वडाअध्यक्षमा उम्मेद्वारका आकांक्षी भएपनि पार्टीबाट टिकट नपाउने अवस्था भएपछि उनी राप्रपा प्रवेश गर्ने तयारीमा छन् । उनले कांग्रेस छोडेर राप्रपाबाट अध्यक्षको उम्मेद्वारी दिन छलफल गरिरहेका छन् । भट्टराईले आफु वडाअध्यक्षमा उम्मेद्वारी दिने भएपनि राप्रपा प्रवेश गरिनसकेको बताए । 

यता, राप्रपा नेताहरुले पनि भट्टराईसँग छलफल भएको तर पार्टी प्रवेश भइनसकेको बताए । 'उहाँ आउने कुरा चै हो, तर आज सम्पर्कमा आउनु भएको छैन । तयारी भएर नै आउने होला,' राप्रपाका एक नेताले भने ।