धरान: गठबन्धनबाट अलग भएको सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले धरानमा घरदैलो कार्यक्रम शुरु गरेको छ । 

आफ्नो चुनाव चिह्न छातामा मतदान गर्न आह्वान गर्दै जसपाले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको हो । उक्त पार्टीले धरानको वडा ५, ८, १५, १७, १९ सहित अधिकांश वडाहरुमा मेयरका उम्मेदवार ताजुप लिम्बु र उपमेयर उम्मेदवार विनादेवी राईसहित घरदैलो कार्यक्रमलाई तीब्रता दिएको प्रचार प्रसार संयोजक दलमर्दन कामीले जानकारी दिए । उनका अनुसार संघीयता सुशासन समृद्धि र पहिचान ,जसपाको चुनाव चिन्ह छातामा मतदान भन्ने नारासहित घरदैलो कार्यक्रम भईरहेको छ ।

jasapa1

धरानको ८ नम्बर वडामा भगिराज चेम्जोङ वडा अध्यक्षको प्यानल सहितको उम्मेदवारी दिएका छन् । वडा नम्बर ५ मा चन्द्र सोताङ वडा अध्यक्ष रहेको प्यानलका उम्मेदवारहरु घरदैलो भइरहेको छ भने वडा १५ मा वडाअध्यक्षका उम्मेद्वार हरिकुमार राईको प्यानल घरदैलोमा छन् । यस्तै, वडा नम्बर १९ मा वडाअध्यक्षका उम्मेद्वार सुमन चेम्जोङको प्यानल घरदैलो तीब्ररुपमा भइरहेको प्रचारप्रसार संयोजक कामीले जानकारी दिए ।