ताप्लेजुङ: ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका ६ मा एक युवाले आफ्नै आमा र बुबाको हत्या गरेका छन् । 

आमा र बुबाको हत्या आरोपमा २५ बर्षीय आईतराज लिम्वुलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । उनले हिजो बेलुका साँढे ५ बजे आफनै ७० बर्षीय बुबा बिर्ख बहादुर लिम्वु र ७२ बर्षीया आमा थिपरानी लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

उक्त घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी लेलेपबाट घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले हत्यामा संलग्न आईतराजलाई खुकुरीसहित घरबाट नै नियन्त्रणमा लिएको जनाएको छ । साथै, घटनाबारे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान भईरहेको पनि जनाएको छ।