धरान: नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्मराज निरौलाले एमालेको चुनावी सभामा बाहुन क्षेत्रीको भावना उक्साउने प्रयत्न गरेर केपी ओलीले धरानमा साम्प्रदायिकताको बिउ रोपेको आरोप लगाएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनको मंगलबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै निरौलाले केपी ओलीले झुटको खेती गर्दै जातीयताको बिउ रोपेको बताए । बैशाख २४ गते भानुचोकमै आयोजित एमालेको चुनावी सभामा ओलीले जातीय प्रसंग कोट्याउदै २०५१ मा एमालेको सरकार हुँदा वृद्ध भत्ता क्षेत्री बाहुनको लागि मात्र नल्याएको बताएका थिए । ओलीको सोही अभिव्यक्तिप्रति आपत्ति जनाउदै नेता निरौलाले साम्प्रदायिकताको बिउ धरानमा नपरोप्न पनि कडा शब्दमा आग्रह गरेका छन् ।

‘उहाँले धरानमा बाहुन क्षेत्रीको पनि कुरा गर्नुभएछ । उहाँले मञ्जु छोरीलाई हेरिरहेको बेलामा पदम इस्पो चै उहाँले बिर्सिनु भएछ, र बाहनु क्षेत्रीको कुरा गर्नुभएको छ,’ नेता निरौलाले भने,‘यही मञ्चबाट उहाँले झुटको खेती गर्नुभएको छ, र बाहुन क्षेत्रीको भावनालाई उक्साउने प्रयत्न गर्नु भएको छ, जातीयताको बिउ रोप्नुभएको छ । त्यसैले म यो मञ्चबाट भन्न चाहन्छु, कमरेड केपी ओली साम्प्रदायिकताको बिउ धरानमा नरोप्नुस्, तपाईको त्यो साम्प्रदायिकता मुर्दावाद भन्न चाहन्छु ।’

भिडियो :