विराटनगर: १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले जिल्ला प्रहरी प्रमुखहरुलाई स्थानीय तह निर्वाचनलाई त्रुटीरहित सुरक्षाको जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् । 

डिआइजी बिसीले आज बिहान भिडियो कन्फरेन्समिार्फत निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन दिएका हुन् । बिसीले मतदानअघि, मतदानको दिन र मतदान पश्चात प्रहरीले सम्पादन गर्नु पर्ने भुमिका र निर्वाचन सुरक्षाको महत्वपुर्ण जिम्मेवारी पाएको भन्दै त्रुटिरहित आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने कुरालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका छन् । 

DIG