धरान: धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् ।

केही दिनदेखि संघीय राजधानीमा रहेका उपमेयर बेघाले शुक्रबार अर्थमन्त्री शर्मालाई भेट गरेका छन् । मन्त्री शर्मासँग धरानको विकास तथा योजनाहरुबारे छलफल गरेको पनि उपमेयर बेघाले जानकारी दिए । उनले भने,‘धरानको विकासको बारेमा छलफल भयो । पार्टीले टिकट दिएर अवसर दिएको हो, कार्यकाल सफल बनाउन पनि साथ, सहयोग आवश्यक छ भनेर बिशेष आग्रह गरेको छुँ ।’

उपमेयर बेघाका अनुसार निर्माणाधिन बसपार्कलगायत सञ्चालनमा रहेको आयोजनाहरुको बजेटलाई निरन्तरता दिन अर्थमन्त्री शर्मालाई आग्रह गरेका छन् । मन्त्री शर्माले छुटेका आयोजनालाई सम्बोधन गर्ने आश्वासन दिएको पनि उपमेयर बेघाले जानकारी दिए । ‘यो बजेटमा छुटेको हुनसक्छ, बीचमा सम्बोधन गर्नेछु भन्नु भएको छ,’उनले भने,‘मैले बसपार्कको कुरा जोडदिनुपर्यो भनेको छुँ । मन्त्री ज्युले सकरात्मक प्रतिक्रिया दिनुभएको छ ।’