धरान: विश्व वातावरण दिवस २०२२ को अवसरमा आइतबार बिहान धरानमा वृहत सरसफाई कार्यक्रम तथा साइकल यात्रा भएको छ ।

धरान उपमहानगरपालिकाको वातावरण महाशाखाको आयोजनामा बिहान साइक्लिङ पनि भएको थियो । उक्त साइक्लिङमा मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघा पनि सहभागी भएका थिए । उनीहरु पनि धरानका साइक्लिष्टहरुसँगै साइकलमा नगर परिक्रममा गरेका थिए ।

यसैगरि, विभिन्न संघसंस्थाहरुको सहभागितामा भानुचोकदेखि तीनकुनेसम्म कोशी राजमार्ग सडक किनार सरसफाई कार्यक्रम पनि भएको थियो ।   

सफा वडालाई पुरस्कृत गर्ने

batawaran-diwas3

धरानलाई देशकै सफा र सुन्दर सहर बनाउने आफ्नो सपना भएको मेयर राईले बताएका छन् । उनले आफुलाई सहयोगको खाँचो भएको भन्दै फोहोर फाल्नेलाई प्रहरीमार्फत जरिवाना गरिने बताए ।

मेयर राईले सफा वडालाई पुरस्कारको पनि व्यवस्था गर्ने बताएका छन् । उनले भने,‘पछि गएर पुरस्कारको पनि व्यवस्था गर्नुपर्छ । जुन वडा सबभन्दा सफा हो, त्यसलाई नगरपालिकाले पुरस्कृत गर्नुपर्छ ।’

भिडियो:

batawaran-diwas2

batawaran-diwas8

batawaran-diwas15

batawaran-diwas14

batawaran-diwas10

batawaran-diwas13

batawaran-diwas12

batawaran-diwas11

batawaran-diwas9

batawaran-diwas7

batawaran-diwas6

batawaran-diwas5

batawaran-diwas4

batawaran-diwas1