धरान: किरातीहरुको आस्थाको केन्द्र खुवालुङको संरक्षण गर्ने तथा साँस्कृतिक पक्षको महत्व बुझाउने उद्देश्यले निर्माण गरिएको खुवालुङ गीति भिडियो विमोचन गरिएको छ । 

किरा राई साँस्कृतिक कलाकार संघको १७ औं स्थापना दिवसको अवसर पारेर आइतबार धरान १० स्थित सैनिक भवनमा भिडियो विमोचन गरिएको हो । सोही अवसरमा प्रमुख अतिथि एवं प्रदेश नं १ का सामाजिक विकास मन्त्री राजन राईले पाँच बर्षसम्म पनि प्रदेश नं १ को नामकरण हुन नसक्नुको कारण आफु पनि भएको बताए । उनले नेकपा हुँदा दुई तिहाई बहुमत पुग्ने भएपनि सोचे जस्तो नाम राख्न सक्ने अवस्था भने नभएको पनि बताए ।

मन्त्री राईले किरात जाति नभै सभ्यता र मौलिक पहिचान भएको सबैले बुझ्नुपर्ने बताए । उनले प्रदेश १ को नाममा अगाडि वा पछाडि भएपनि किरात जोडिनुपर्छ भनेर अडान राखेको पनि जानकारी दिए । मन्त्री राईले सँस्कृति संरक्षणमा किरात राई यायोक्खाको भुमिका सह्रानीय भएको पनि बताए ।

rai-kalakaar1

सोही कार्यक्रमलाई सम्बोधन गर्दै किरात राई यायोक्खा केन्द्रीय सचिव दोर्पध्वज राईले खुवालुङको संरक्षण गरेर साँस्कृतिक पयृटकीय केन्द्र बनाउनुपर्ने धारणा राखे । खुवालुङ किरातीहरुको पत्रिव भुमि भएकोले विश्वभरिका किरातीहरु आउने उनले बताए । 

कार्यक्रममा गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा प्रदेश नं १ को १४ जिल्लामा पालिका प्रमुख, उपप्रमुखमा निवार्चित राई समुदायका जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । यायोक्खाका केन्द्रीय सचिव राईका अनुसार प्रदेश १ मा ३२ जना पालिका प्रमुख राई समुदायबाट चुनिएका छन् । ती मध्ये २ जना मात्र महिला छन् ।

rajan-rai

यस्तै, २८ जना उपप्रमुख चुनिएकोमा १९ जना महिला भएको पनि उनले बताए । यस्तै, प्रदेश १ मा कुल २०२ जना वडाअध्यक्ष निवार्चित भएका छन् । ती मध्ये २ जना मात्र महिला छन् । आयोजक संस्थाका अध्यक्ष रामकर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा धरान १९ का मेघनाथ राईलाई सम्मान गरिएको थियो भने नृत्य प्रशिक्षक नगेन्द्र राई, सञ्जय राई, राजुएन राई, किरण चाम्लिङ राईलाई पुरस्कार प्रदान गरिएको थियो । 

samman1