विराटनगर: प्रदेश नं. १ सरकारले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ ।
नवनिवार्चित प्रदेश नं १ का १३७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई प्रदेश सरकारले सरकार सञ्चालन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । तालिममा सहभागी जनप्रतिनिधिहरुले अभिमुखीकरण कार्यक्रम आफुहरुको लागि लाभदायक भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रम समापनको अवसरमा सहभागीहरूका तर्फबाट खोटाङ जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत, मोरङ जिल्ला उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडाले दुईदिने अभिमूखीकरण लाभदायक भएको धारणा व्यक्त गरे ।
कार्यक्रम समापनको अवसरमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने बताए । उनले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यर्दै संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको उल्लेख गरे । मुख्यमन्त्री राईले संघीयताको जग नै स्थानीय तह भएको बताउदै सबै जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास पनि व्यक्त गरे ।
साथै, मुख्यमन्त्री राईले दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै जोश र होस पु¥याएर काम गरेको अवस्थामा सफलता प्राप्त हुने बताए । क्षमताभन्दा बढीको योजना छनौट गर्ने र टुक्राटुक्री योजनाको नाम कनिकाझंै बजेट छर्ने दुवै काम उचित नभएको पनि मुख्यमनत्री राईको भनाई थियो । ‘एकैसाथ दश औंलाले उपियाँ मार्न खोजे एउटा पनि मर्दैन भन्ने उखान छ,’ मुख्यमन्त्री राईले भने, ‘सबै काम एकैचोटी गर्छु नभन्नुहोस्, एउटाएउटा काम सक्दै लैजानुहोस् ।’
मुख्यमन्त्री राईले प्रदेश नं. १ का १३७ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुखहरूलाई निर्वाचित भएकोमा बधाई ज्ञापनसहितको प्रमाणपत्र पनि प्रदान गरेका थिए । तालिम समापन समारोह प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको सभापतित्वमा भएको थियो ।