धरान: धरान १० स्थित पुतलीलाईनमा लाइफ केयर फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । 

  आईतवार धरान वडा नं १० का वडाअध्यक्ष बिबेक राईले रिबन काटेर उक्त सेन्टरको उदघाट्न गरेका छन् । सेन्टर ५० लाखको लगानीमा सञ्चालनमा आएको हो । धरान नजिक रहेका सेवाग्राहीलाई ध्यानमा राखेर फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको डा.प्रविर श्रेष्ठले जानकारी दिए । उनका अनुसार सेन्टरमा विभिन्न प्रकारका फिजियोथेरापी, रगत जाँच, मसाजको व्यवस्था रहेको छ । साथै, एसी सुविधा सम्पन्न तथा डिजिटल मेसिन पनि जडान गरिएको श्रेष्ठले जानकारी दिए ।

फिजियोथेरापी सेन्टरले हाल ५ जना स्वस्थ्यकर्मीलाई रोजगार दिएको छ। सेन्टरमा बालबालिकादेखि वृद्धवृद्धा उमेर समूहका सेवाग्राहीहरूले सेवा लिन सक्नेछन् । यो सेन्टरमा विषेश गरि एक्सासाइज थेरापिलाई जोड दिइएको पनि सञ्चालक श्रेष्ठले बताए।सेवाग्राहीहरुले सहज तरिकाबाट छिटो रिकभर हुनका लागी फिजियोथेरापीको महत्वपुर्ण भुमिका रहने डा.श्रेष्ठको भनाई छ । उनले दीक्षण कोरियामा ५ बर्ष काम गरेको अनुभव संगालेका छन् भने नेपालको विभिन्न हस्पिटलमा समेत काम गरेको अनुभव छ ।