धरान: धरानको प्रमुख पर्यटकीय क्षेत्र वडा नं १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माण गर्न शिलान्यास गरिएको छ ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बिहिबार विजयपुर चोक नजिक चौकीको शिलान्यास गरेका हुन् । प्रहरी चौकीको लागि स्थानीय केदार श्रेष्ठ र वसन्त श्रेष्ठले जग्गा उपलब्ध गराएका छन् । करिब १५ धुर जग्गामा प्रहरी चौकीको भवन बन्न लागेको हो ।

विजयपुरमा वडा कार्यालयको माथिल्लो तलामा हाल प्रहरी चौकी रहेको छ । सानो कोठामा अव्यवस्थितरुपमा प्रहरी बस्नु परेको कारण धेरै समस्या भइरहेकोले नयाँ भवन निर्माणको लागि पहल थालिएको वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । प्रहरी चौकीसहित बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना भएपनि सम्भव नभएपछि प्रदेश मन्त्रालयसँग बजेट मागेर प्रहरी चौकी मात्र निर्माण कार्य गर्ने योजना अघि सारिएको उनले बताए ।

police-bijaypur1

जग्गा दाता बसन्त श्रेष्ठ नै प्रहरी चौकी निर्माण समितिका संयोजक छन् । उनले भवन निर्माणको लागि आवश्यक सहयोग गर्न मन्त्री कार्कीसँगै स्थानीय तथा दाताहरुलाई पनि आग्रह गरे । साथै, मन्त्री कार्की प्रा.डा.टंक न्यौपानेले विजयपुर चोकस्थित पार्कको पनि अवलोकन गराएका थिए । कार्यक्रममा राजनीतिकर्मी एवं समाजसेवी प्रेमप्रसाद पराजुलीले पर्यटन प्रहरी उपलब्ध गराइदिन आग्रह गरेका थिए । 

भिडियो :

police-bijaypur2

police-bijaypur3