धरान: धरान ११ स्थित मितेरी स्पोट्स सेन्टरमा यही असार १४, १५ र १६ गते बि क्याटोगोरी फुटसल प्रतियोगिता हुने भएको छ ।

सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो । बि क्याटोगोरीका खेलाडीहरुलाई अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको सेन्टरका सञ्चालक लुकेन्द्र राईले जानकारी दिए । ‘खेलकुद सबैको लागि र समाजलाई पनि केही दिऊ भन्ने हाम्रो नारा हो । बि क्याटोगोरीको खेलाडीहरुलाई पनि अवसर दिनुपर्छ भनेर यो प्रतियोगिता आयोजना गरेको हो,’उनले भने ।

क्याटोगरी नछुट्याउदा उत्कृष्ट खेलाडीहरुले मात्र अवसर पाउने भएकोले अन्य खेलाडीहरुलाई पनि अवसर दिने आफ्नो उद्देश्य रहेको उनले बताए । प्रतियोगितामा प्रदेश नं १ को खेलाडीहरु सहभागी हुने राईले बताए । गत बर्ष  फुटसल राष्ट्रिय लिग ए डिभिजन नखेलेका खेलाडीहरु सहभागी हुन पाउछन् । तर लिग खेलेका २ जना मात्र खेलाडीहरु प्रतियोगितामा एउटा टिमबाट सहभागी हुन पाउने आयोजकले जनाएको छ । कम्तीमा ३० वटा टिम सहभागी हुने उनले बताए । 

lukendra1

प्रतियोगितको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछ । व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट नव खेलाडी पनि दिइने राईले बताए । अहिलेसम्म कुनै पनि प्रायोजक नभएको र आफ्नै खर्चमा गर्न लागेको पनि उनले बताए । ‘अहिलेसम्म सबै खर्च व्यक्तिगतरुपमा नै खर्च गरिरहेको छुँ । नाफा मात्र खोज्ने होइन, समाजलाई पनि केही दिउ भन्ने हो । साथीभाईसँग अनुरोध गर्दा केही रकम आउछ, तर ठुलो होइन । गत बर्ष पनि प्रतियोगिता थुप्रै गरे,’राईले भने । 

आउदो बर्ष ४ वटा फुटबल र २ वटा ब्याडमिन्टन प्रतियोगिता गर्ने पनि राईले जानकारी दिए । उनका अनुसार प्रत्येक २ महिनामा एउटा प्रतियोगिता हुनेछ । गत बर्ष ५ वटा प्रतियोगिता गर्दा ३० देखि ३५ लाख खर्च भएको पनि राईले बताए । मितेरी स्पोट्स सेन्टर राईले १० देखि १५ करोड लगानमा सञ्चालनमा ल्याएका हुन् । एउटै छानामुनि जिमहल, फुटसल र ब्याडमिन्टन हल छ भने स्पोटर््स होलसेल पसल पनि छ । हरेक शनिबार र आइतबार उनी कराते निःशुल्क सिकाइरहेका छन् । अब भवन अपग्रेड गरेर जुम्बा पनि सञ्चालन गर्ने उनको तयारी छ । 

ड्रिम प्रोजेक्ट 'ट्राफिक मिरर'

miteri2

पुर्व सिंगापुर लाहुरे राईको ड्रिम प्रोजेक्ट छ, धरानको मुख्य सडकहरुमा ट्राफिक मिरर जडान गर्ने । उनले गत बर्षदेखि नै पहल गरिरहेका छन्, तर सफल भएका छैनन् । उनीहरुसँग अहिले पनि १०० वटा ट्राफिक मिरर छ । 

पहिलो चरणमा भेडेटारदेखि शिवधारासम्मको कोशी राजमार्गमा मिरर लगाउन प्रयास गरेका थिए । तर, सडक विभाजअन्तर्गतको उक्त सडकमा अनुमति विना र प्राविधिकको उपस्थितिविना लगाउन नसकेको उनले बताए । त्यसपछि धरानको विभिन्न चोकहरुमा राख्न दिइएको उनले बताए । ‘मसँग १०० पिस छ । पहिलो  चरणमा भेडेटारदेखि शिवधारासम्म लगाउने योजना थियो, मिलेन । त्यो सडक विभाग अन्तर्गत पर्ने रहेछ । त्यसपछि चोक चोकमा लगाइरहेको छुँ । अरु थप केही ठुलो ट्राफिक मिरर ल्याउदैछुँ, लगाउन पाए धरानमा हुन्थ्यो । सबैको साथ सहयोग पाए हुन्थ्यो,’उनले भने ।

भिडियो:

miteri1