धरान: धरानमा यही चैत २० गतेदेखि २५ गतेसम्म फुटसल प्रतियोगिता हुने भएको छ । 

धरान ११ स्थित मितेरी फुटसलको आयोजनामा अन्तर वडास्तरिय मितेरी फुटसल रनिङ्ग प्रतियोगिता हुने भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । मितेरी स्पोर्टस् सेन्टरका सञ्चालक लुकेन्द्र राईका अनुसार प्रतियोगितामा धरानको २० वटा वडाको सहभागिता हुनेछ । प्रतियोगिताको फाइनल चैत २५ गते हुनेछ । 

miteri1

विजेता टिमले उपाधिसहित नगद ५० हजार पाउनेछ भने उपविजेता टिमले नगद २५ हजार पाउनेछ । यस्तै, प्रतियोगिताको वेष्ट प्लेयर, वेष्ट गोलकिपर, उदयीमान खेलाडी र र हाई स्कोरर खेलाडीलाई पनि जनही नगद पुरस्कार दिइनेछ भने फेयर प्ले टिमलाई पनि नगद पुरस्कार दिइने मितेरी फुट्सलका सञ्चालक राईले जानकारी दिए । मितेरी स्पोर्टस् सेन्टर २०७५ सालदेखि सञ्चालनमा आएको हो । यहाँ फुटसलसँगै जिम, ब्याडमिन्टन, स्पोर्टस् इक्युपमेन्ट (खेलका सामग्री) र क्याफेसहितको मितेरी स्पोर्टस् सेन्टरकोरुपमा रहेको छ ।