धरान: धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।

शुक्रबार सुनसरी उद्योग वाणिज्य संघको हलमा ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रममाथि ४ जना नगरसभा सदस्यहरुले सुझाव दिएका थिए । उक्त सुझावलाई ग्रहण गर्ने गरि टिपोट गरेको भन्दै नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले नीति तथा कार्यक्रम पारित गर्न आग्रह गरेपछि नगरसभा सदस्यहरुले सर्वसम्मतरुपमा ताली बजाएर पारित गरेका थिए । हलले पारित गरेपछि नगर प्रमुख राईले नीति तथा कार्यक्रम स्वीकृत भएको घोषणा गरेका थिए । अर्को नगरसभा असार २३ गते बस्ने गरि मेयर राईले स्थगित गरेका थिए ।

के छ नीति तथा कार्यक्रममा ?

dharan-budget-click

नीति तथा कार्यक्रमले शिक्षातर्फ स्थानीय शिक्षा पाठ्यक्रम लागु गर्ने र त्यसमा अतिरिक्त क्रियाकलाप र विविध समुदायका जातीय तथा साँस्कृतिक पहिचानहरुको बोध गराउन अवलोकन भ्रमण पद्धतीबाट अभ्यास कक्षा र प्रयोगात्मक शिक्षा दिन जोड दिने उल्लेख छ । साथै, ट्राफिक नियमलाई पाठ्यक्रममा समावेश गरिने भएको छ । 

बीचैमा विद्यालय छोड्ने विद्यार्थीहरुलाई शिक्षा पुरा गर्न प्रोत्साहनको लागि प्याकेज सञ्चालन गरिने भएको छ । यस्तै, नगर प्रमुख सहायता कोष निर्माण गरेर विपन्न बालबालिकाहरुलाई निःशुल्क शैक्षिक सामग्री, पोशाक तथा छात्रवृत्ति व्यवस्था गरि सिपमुलक शिक्षा दिइनेछ भने धरान १३ स्थित सत्यसाई स्कुलसँगको सम्झौता अनुसार साइन्स पार्क निर्माण कार्य अघि बढाइने भएको छ ।

भिडियो:

   धरान नगरलाई खुल्ला बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक संग्राहलयकोरुपमा विकास गर्न पुर्वाधार निर्माण गर्दा बहुसाँस्कृतिक पहिचान र मौलिकता झल्किने बास्तुकला, मुर्तिकला, चित्रकला जस्ता प्रतिकहरु निर्माण गरिने र बहुसाँस्कृतिक पार्क निर्माण गरिने उल्लेख छ । युवा तथा खेलकुदतर्फ विदेशबाट फर्केका युवाहरुको सिप र ज्ञान सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासको लागि प्रोत्साहनमुखी कार्यक्रम पनि गरिने भएको छ । साथै, विदेश हैन बिजनेश भन्ने भावना जागृहत गराएर स्वरोजगार उन्मुख गराइने भएको छ । 

एक वार्डमा एक व्यायामशाला नीति लिएर युवाहरुलाई प्रशिक्षणको व्यवस्था गरिने भएको छ भने धरानलाई सडक मानवमुक्त नगर पनि बनाइने भएको छ । धरानमा एक वडा एक बाल उद्यान निर्माणलाई अभियानलाई निरन्तरता दिइनेछ भने वीपी प्रतिष्ठानमा धरानबासीहरुलाई मृगौला, मुटु, उच्चरक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचार प्रबन्ध मिलाइने उल्लेख छ । यसैगरि, नगर प्रमुखबाट निःशुल्क विमा कार्यक्रम सञ्चालन गर्ने र हाललाई वडा नं ४ र २० का सम्पुर्ण जनतालाई निःशुल्क स्वास्थ्य विमा गर्नेलगायत कार्यक्रमहरु समेटिएको छ । 

भिडियो: