धरान ः धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा शुक्रबार दिउँसो करिब ५ बजेतिर भानुचोकमा झुल्किए । दुवैको हातमा प्ले कार्ड थियो, जसमा लागुऔषधविरुद्ध नारा लेखिएको थियो ।

लागुऔषध तथा दुव्र्यसनबाट प्रताडित छ धरान । यहाँका युवाहरु कुलत छन् भने कारोबारी पनि भएका छन् । त्यसैले धरानका युवाहरुलाई कुलतबाट जोगाउन मेयर साम्पाङले से नो टु ड्रग्स अभियान शुरु गर्ने केही दिनअघि घोषणा गरेका थिए ।

सोही घोषणा अुनसार शुक्रबार दिउँसो भने मेयर र उपमेयर दुवै भानुचोकस्थित घण्टाघर अघि उभिएका हुन् । उनीहरुलाई साथ दिन थुप्रै युवायुवतीहरु पनि पुगेका थिए । मेयर साम्पाङले हरेक साता लागुऔषधविरुद्धको अभियान गर्ने पनि बताए । 

drugs1