धरान: धरानको वडा नं ५ स्थित मसाने खोलामा आएको बाढी मानव बस्तीमा पसेर क्षति पुर्याउने खतरा बगेपछि स्थलगत निरीक्षणमा पुगेका छन् ।

निरीक्षण पश्चात जोखिम न्युनिकरण गर्न तत्काल जेसिबि लगाएर खोलालाई बीच भागमा च्यानलिङसमेत गरिएको छ । खोलामा मिक्सगिट्टी थुप्रिएर पानी पुल भेट्न लागेको र सतहमाथिबाट वस्तीतिर खोला पस्न लागेपछि स्थानीयबासी चिन्तित थिए । वडाअध्यक्ष मनप्रसाद लिम्बुका अनुसार मसिने खोलाको बाढी पश्चिमतर्फ इन्द्रेणी वस्ती र पुर्वतर्फ झोडापाटा, देउरालतीतर्फ पस्ने उच्च जोखिम छ । त्यसैले स्थानीयबासीलाई बाढीको जोखिमबाट मुक्त गराउन मेयर, उपमेयरलाई खबर गरेर स्थलगत निरीक्षण गर्न बोलाएको वडाअध्यक्ष लिम्बुले जानकारी दिए ।

masane

मेयर साम्पाङ र उपमेयर बेघाले निरीक्षण गरेपछि वडाअध्यक्ष लिम्बुलाई तत्काल जेसिबि बोलाउन लगाए । जेसिबि आएपछि बीचमा च्यानलिङ गर्न थालेपछि मात्र दुवैजना फर्किएका थिए । स्थानीयबासीहरुले खोलालाई च्यानलिङ गरेपछि राहत भएको प्रतिक्रिया दिए । 

मेयर साम्पाङका अनुसार धरानको वडा नं ४ स्थित दानबारी जाने निर्माणाधिन बाटोको कारण ढुंगामाटो बगेर आउने र मसाने खोला भरिएर बाढी वस्तीतिर पस्ने खतरा भएको हो । ‘त्यो बाटो निर्माणको काम नसकिदासम्म यस्तै हुने रहेछ । बाढी बस्तीतिर पस्ने खतरा भयो, पुल माथि नै पानी बग्न लागेको रहेछ, त्यसैले तत्काल च्यानलिङ गरेर निकाल्छौं,’उनले भने । वडाअध्यक्ष लिम्बुले च्यानिलङ गर्दा निस्केको मिक्सगिट्टी एक ठाउँमा संकलन गरेर राख्ने र वडाभित्रै विकास निर्माण कार्यमा प्रयोग गरिने बताए । 

भिडियो: