झापा: झापाको अर्जुनधारा नगरपालिका ४ सहासी टोलस्थित कच्ची सडकखण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भएसंगै हत्यामा संलग्न ३ जना पनि पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापा अर्जुनधारा ७ की ३२ बर्षीया जानुका सुबेदी थापा, उनका ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र १० का २५ बर्षीय सुरेश परियार रहेका छन् । असार १२ गते ह्युम पाईप भित्र सेतो बोरामा करिब ४० बर्षीय पुरुषको शव दुर्गन्धित अवस्थामा फेला परेको थियो ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतीय आधार कार्डको उक्त शव अहमदाबाद गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार बाबु भाई भएको खुलेको थियो । अनुसन्धान पश्चात हत्यामा संलग्न रहेका ३ जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ३ जनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।