धरान: सामाजिक अभियन्ता हर्क साम्पाङ मेयर भएपछि खानेपानी समस्या हल गर्न केन्द्रीत भए । त्यसैक्रममा उनले सपना देखे, धरानको वडा नं २० स्थित पकुवा खोलाका पानी ल्याउने । 

उनले आफ्नो योजना केही नजिकका साथीभाईसँग बुने, र सामाजिक सञ्जालबाट सार्वजनिक गरे । करिब तीन साता अघि जनश्रमदानबाटै पकुवाको पानी ल्याउने नेतृत्व गर्न पुगेका मेयर साम्पाङलाई सयौं धराने जनताले साथ दिए । शनिबार र अन्य सार्वजनिक विदाको दिन उनी अहिले पनि श्रमदान गर्न पुग्छन् । 

pakuwa-pani2

जनताको समर्थन र राजनीतिक दलका केही नेता, कार्यकर्ताहरुको आलोचनाको बीच जारी पकुवा प्रोजेक्ट अब भने सफलता उन्मुख भएको छ । यतिका दिनको मेहनत पछि आज (सोमबार) पकुवाको पानी पाइपमार्फत सर्दु खोलामा झार्न सफलता मिलेको छ । आज दिउँसो पकुवाको पानी धरान ११ स्थित सर्दु खोलामा पाइपबाट खस्दा श्रमदान गरिरहेका धरानबासीहरुमा असिम खुशी र उत्साह जागेको थियो । 

भिडियो:

pakuwa-pani6

pakuwa-water

pakuwa-pani7

pakuwa-pani5

pakuwa-pani4 1

pakuwa-pani3

pakuwa-pani