धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ) को जिम्मेवारी धेरै छन् तर उनको अर्जुनदृष्टि भने खानेपानी आपूर्ति र वितरणमा छ ।

बषौंदेखि भनेजति पानी पाउन नसकेका धराने जनताले उनलाई खानेपानी सहज उपलब्ध हुने अपेक्षाले नै मतदान गरेर मेयरमा जिताएका हुन् । मेयर भए लगत्तैदेखि उनी भएको खानेपानी संरचनाहरुको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रीत भएका छन् । उनको दीर्घकालिन लक्ष्य भनेको सप्तकोशीबाट पानी ल्याउने हो ।

बुधबार दिउँसो मेयर साम्पाङ खानेपानी व्यवस्थापन बोर्डका ईञ्जिनियर प्रशान्त अधिकारीलाई लिएर धरानको वडा नं २० स्थित पकुवा खोलाको मुहान क्षेत्रमा पुगे । पकुवाबाट खानेपानी आपूर्ति गर्न यसअघि नै पनि प्राविधिकहरुको टोलीले अध्ययन गरिसकेको थियो । सोही अध्ययनलाई अन्तिमरुप दिनको लागि मेयर आफै इञ्जिनियरसहित स्थलगत निरीक्षणमा पुगेका थिए ।

pakuwa5

मेयर राईका अनुसार जंगलबाट पम्पिङ गरेर पानी आपूर्ति गर्दा धेरै समस्या हुने गरेको छ । पम्प बेला बेला बिग्रिरहने, विजुली (लाइन) नहुदा पम्प चलाउन नपाएर पानी आपूर्ति नहुने जस्ता समस्याको कारण खानेपानीको हाहाकार हुन्छ । त्यसैले सतहको पानीको स्रोत खोजेर पाइपबाट नै आपूर्ति गर्ने गरि अध्ययनको काम भइरहेको मेयर राईको भनाई छ । ‘यो पानी पम्पिङ गर्नुपर्दैैन, त्यसैले हाम्रो धेरै खर्च पनि हुदैन,’मेयर राईले भने,‘यस्तै स्रोत थप गर्यौं भने पम्प नचलाउदा विजुलीको हाम्रो खर्च धेरै जोगिन्छ ।’

pakuwa6

ईञ्जिनियर अधिकारीका अनुसार करिब ५ लाख हाराहारीको लागतमा पकुवाको पानी लैजान सकिन्छ । त्यसको लागि मुहान क्षेत्रमा इन्टेक बनाउने र पाइपमार्फत धरान ११ मा वितरणको लागि पानी पुर्याउन सकिनेछ । त्यहाँबाट धरान ११ विष्णुचोकस्थित रिजर्ब वेयरमा पनि पछि इन्टरकनेक्सन गरेर पानी खसाउन सकिने उनले बताए ।

मेयर आफैले श्रमदान गर्ने घोषणा

मेयर साम्पाङले पकुवाको पानी ल्याउनको लागि निर्माण कार्यको लागि आफैले पनि श्रमदान गर्ने घोषणा गरेका छन् । उनले आफै बालुवा र सिमेन्ट बोक्ने, बालुवा चाल्ने, ढुंगा फुटाउने र पाइप बोक्ने बताए । मेयर राईले धरानका युवाहरुलाई पनि श्रमदान गर्न आह्वान पनि गरेका छन् ।

भिडियो:

pakuwa4

pakuwa3

pakuwa2

pakuwa7

pakuwa8

pakuwa9