धरान: मेयर हर्क साम्पाङ मेयर भएको २ महिना मात्र पुग्न लागेको छ । उनी मेयर भएदेखि नै एक पछि अर्को नयाँ नयाँ विकासका योजनाहरु अघि सारिरहेका छन् ।

धरान २० स्थित पकुवा खोलाबाट पानी ल्याएर वडा ११ र १७ का बासिन्दालाई खुवाउने उनको योजना जनश्रमदानबाट नै पुरा हुन लागेको छ । हरेक शनिबार वृहत वृक्षरोपण अभियानमा पनि उनलाई नगरबासीहरुले साथ दिइरहेका छन् भने दुव्र्यसनमुक्त सहर बनाउन हरेक शुक्रबार गर्ने प्रर्दशनमा पनि उनले उतिकै साथ पाइरहेका छन् । 

hydro

अहिले फेरि मेयर साम्पाङले धरानको खानेपानीको मुहान क्षेत्र सर्दु र खर्दु खोलामा मिनि हाइड्रो प्रोजेक्ट शुरु गरेर बिजुली निकाल्ने योजना अघि सारेका छन् । उनको यो योजनाको प्रारम्भिक अध्ययन पनि शुरु भइसकेको छ । आज दिउँसो मेयर साम्पाङ धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका मेकानिकल चौथो बर्षका विद्यार्थीहरुसहित मुहान क्षेत्रमा पुगेका थिए । 

मेयर साम्पाङले थोरै भएपनि विजुली उत्पादन गरेर देखाउने आफ्नो लक्ष्य रहेको र धरानमा इञ्जिनिरीङ पढ्ने विद्यार्थीहरु पनि छन् भन्ने देखाउन चाहेको बताए । विद्यार्थीहरुले पनि आजैदेखि सम्भाव्यता अध्ययनको कार्य शुरु भइसकेको बताएका छन् । 

भिडियो:

mini-hydro1

mini-hydro