धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिले अपराधिक गतिविधि बढ्दै गएको भन्दै ईलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । 

कांग्रेसले हिजो (शुक्रबार ) ईलाका प्रशासन र प्रहरी कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो । पछिल्लो केही घटनाले धरानमा अपराधिक गतिविधि बढेको महशुस भएको भन्दै कांग्रेसले ती घटनाहरु कांग्रेस नेता, कार्यकर्ताहरु लक्षित पनि जनाएको छ । साथै कांग्रेसले अपराधिक घटनाहरुलाई निरुत्साहित गर्न र जनताको मौलिक अधिकार उच्च सम्मानका साथ स्थापित गराउन पनि माग गरेको छ । 

कांग्रेसले धरानलाई अपराधिक क्रियाकलापबाट मुक्त गर्न हातेमालो गर्न सदैव तयार गरेको जनाउदै शान्ति सुरक्षा र अमनचैन कायम राख्न पनि माग गरेको छ । 

congress1