धरान: यलम्वर समर बास्केटवल लिगको उपाधि एनाइलेर्टस बास्केटवल टिमले जितेको छ । 

   यलम्वर बास्केटवल क्लवको आयोजनामा असार ८ गतेदेखि सुरु भएको लिगको फाइनल शनिवार भएको थियो । फाइनल खेलमा एनाइलेर्टसले वुल्भस बास्केटवल टिमलाई ८८–८० स्कोरको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो क्वाटरमा वुल्भस टिमको तालमेल नमिल्दा एनाइलेर्टस संग ३१–१६ अंकले पछि परेको थियो । एनाइलेर्टसलाई रोक्दै वुल्भसले १६–१७ अंक जोड्दै दोस्रो क्वाटरमा भने झिनो अन्तर बनाएका थिए । 

मध्यान्तर पछि तेस्रो क्वाटरमा एनाइलेर्टसले खेललाई नियन्त्रणमा लिदै ३२–२४ अंकको अन्तर वनाउदै अग्रतालाई कायम राखेका थिए । अन्तिम चौथो क्वाटरमा वुल्भसले १९– २३ जोड्दै खेलमा फर्किने कोशिस गरे पनि सफल हुन सकेन । समर लिग भरि उत्कृष्ट प्रदर्शन गरेका एनाइलेर्टसका विवेकमनी श्रेष्ठले उपाधि जिताउन व्यक्तिगत ३० स्कोर जोडेका थिए । उनले उपाधिसंगै उत्कृष्ट खेलाडीको उपाधि समेत जिते । 

basket1 4

वुल्भसको तर्फवाट उत्कृष्ट प्रदर्शन गरेका दिवस राईले समेत व्याक्तिगत ३० अंक जोडेका थिए । उनले लिग भरि हाइस्कोर गर्दै हाइ स्कोररको उपाधि जिते । उनले समर लिगमा ८ खेलबाट ३ सय २२ अंक व्याक्तिगत जोडेका थिए । फाइनल खेलको उत्कृष्ट खेलाडी एलाइनेर्टसका शिसिर राई घोषित भए । फाइनल खेलमा उनले व्याक्तिगत २८ अंक जोडे । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।समर लिगका विजेता तथा उपविजेता टिमलाई ट्रफि प्रदान गरिएको थियो । 

उनीहरुलाई धरान बास्केटवल संघका संस्थापक पुर्व बास्केटवल खेलाडि डिएसपि खगेन्द्र रिजाल, प्रदेश १ बास्केटवल मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, पुर्व बास्केटवल खेलाडि देवराज राई, सहयोग दाता भिम राई, धरान बास्केटवल संघ सदस्य हेमन्त राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

लिगको फाइनल खेलको मध्यान्तरमा थ्री पोइन्ट कम्पिटिसन पनि भएको थियो । थ्री पोइन्ट कम्पिटसनको उपाधि वुल्भस टिमका दिवस राईले जिते । उनले ७ सटमा ५ वास्केट गर्दै उपाधि जितेका हुन् । उनको प्रतिस्पर्धीले ३ वास्केट गरेका थिए । विजेता राईलाई ट्रफि प्रदान गरिएको थियो । यलम्वर समर बास्केटवल लिग रनिङ्ग कपको रुपमा निरन्तर आयोजना हुने लिगका संयोजक युगल लिम्वुले जानकारी गराए । दोस्रो संस्करण थप व्यवस्थित रुपमा आयोजना हुने वताए । लिगको सम्पुर्ण खेल धरान ८ यलम्वर खेल मैदानमा भएको थियो ।