धरान: कोशी नदी पश्चिमतर्फ पुरानो धारमा फर्कदा उदयपुर जिल्लाको थुप्रै बस्ती डुबानमा परेको छ । 

उदपुरको बेलका नगरपालिका ८ स्थित डुम्रेबोटे हुदै कोशी पुरानो धार पश्चिमतर्फ पसेको हो । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार वडा नं ८, ९, ३, २ र १ का धौरी, दुर्गापुर, एकता वस्ती, रामनगर, शान्तिनगरलगायत वस्तीहरु डुबानमा परेका छन् । अहिले त्यहाँका बासिन्दारहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको पनि मेयर कार्कीले बताए । 

koshi2

मेयर कार्कीका अनुसार कोशीले बाँध अर्थात तटबन्ध भत्काएको भने होइन । धेरै बर्षअघि कोशी बगेको ठाउँमा अहिले पुनः कोशीले धार परिवर्तन गरेर बग्न थालेको उनले जानकारी दिए । ‘पहिला पनि कोशी बगेको ठाउँ हो । अग्लो ठाउँ थियो । त्यहाँ काटेर होचो ठाउँतिर पस्यो,’मेयर कार्कीले भने । डुबानमा परेको वस्तीबाट मानिसहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानतर्फ लगिरहेको पनि मेयर कार्कीले जानकारी दिए । 

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बराहक्षेत्र नगरपालिका ६ र ९ का करिब ५ सय घरधुरीका २५ सय जनसंख्या पनि प्रभावित भएका छन् । उनीहरु श्रीलंका टप्पुमा छन् । 

koshi1

koshi