धरान: बराह ग्रुप अफ कम्पनी र बराह सहकारीले बचतकर्ता र लगानीकर्ताको पैसा डुब्न नदिने प्रतिवद्धता जनाएको छ । 

कम्पनीका अध्यक्ष शिव लामिछाने र सहकारी अध्यक्ष मानबहादुर विश्वकर्माले बिहिबार संयुक्तरुपमा सार्वजनिक विज्ञप्ती जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले बैंकिङ तरलता, आफुसँग भएको चलअचल सम्पत्तिलाई तत्काल तरलता निवरणको स्रोत बनाउन कठिन भएको कारण लगानीकर्ता र बचतकर्ताको पैसा तत्काल फिर्ता गर्न केही ढिलाई भएपनि प्रचार भएजस्तो पैसा डुब्ने अवस्था नभएको बताएका छन् । 

दुवैले हालको संकट केही समयमा पार लगाउने र वचतकर्ता, लगानीकर्ताहरुको आवश्यक रकम ससम्मान फिर्ता गर्न हरतरहले लागिरहने पनि प्रतिवद्धता जनाएका छन् । अर्नगल प्रहार र प्रचारबाट कसैको हित नहुने भन्दै दुवैले विश्वासिलो, भरोसायुक्त व्यवसाय तथा वचतकर्ताको भुक्तानीको वातवरण बनाउन इमान्दारिताका साथ लागिरहेको पनि उनीहरुले उल्लेख गरेका छन् । ‘यहाँहरुको विश्वास र सद्भाव टुट्न दिनेछैनौ, र वचत तथा लगानी कुनै पनि हालतमा डुब्न दिनेछैनौं,’विज्ञप्तीमा भनिएको छ । 

बराहले २८ औं बार्षिकोत्सवको अवसरमा धरानको भोटेपुलस्थित बराह मलमा व्यवसाय विस्तार तथा बराह मुभिजको शुभारम्भ गर्ने पनि जानकारी दिएको छ । यस्तै, भानुचोक र भेडेटारको सपिङ सेन्टरलाई थप स्तरोन्नतीसहित चाडै सञ्चालन गर्ने पनि दुवैले जानकारी दिएका छन् । 

baraha 1

baraha1