धरान: पकुवा खोलामा जस्तै मेयर हर्क साम्पाङको खानेपानी योजना सर्दुमा पनि सफल भएको छ । 

सर्दुको मुहान क्षेत्रमा श्रमदानबाट इन्टेक तयार भएको छ भने उक्त इन्टेकबाट विछ्याइएको पाइपबाट पानी खर्दु दोभानसम्म पानी आएको छ । खर्दुसम्म पानी आएपछि मेयर साम्पाङले श्रमदान गर्ने सबैलाई सम्झदै धन्यवाद पनि दिए । यो इन्टेकबाट लगिएको पानीले प्रोटोटाइप मिनि हाइड्रोपावर सञ्चालन गर्न उपयोग गरिने पनि उनले बताए । 

sardu1 1

यो प्रोजेक्ट सकिएपछि अब खर्दु खोलाबाट थप पाइपलाइन विछ्याएर खानेपानी लैजाने काम पनि शुरु हुनेछ भने निशानेमा पनि पाइप विछ्याउने काम शुरु हुने मेयर साम्पाङले बताए । अहिलेसम्म नगरपालिकाको पैसा खर्च नभएको भन्दै श्रमदान, आर्थिक सहयोग, खाजापानीको लागि सहयोग सबै जनताबाटै जुटिरहेको पनि उनले बताए । 

sardu3 1

sardu2 1

भिडियो: