धरान: बुधबार बिहान धरान उपममहानगरपालिकाको कार्यपालिका बैठकमा नेकपा एमालेबाट निवार्चित वडा नं १० का वडाअध्यक्ष विवेक राईले मिडियाकर्मीहरुप्रति आक्रोश पोखेका छन् । 

बैठकको एजेण्डामा बोल्ने क्रममा उनले मिडियाले एमालेका वडाअध्यक्ष र पार्टीलाई खेदो गरिरहेको भन्दै आक्रोश पोखे । उनले आफु भर्खर पहिलो पटक निवार्चित भएको भन्दै आफु पनि जनताबाटै चुनिएकोले कम नआक्न पनि चुनौती दिए । उनले मिडियाकर्मीहरुको परिचय र मिडिया खुलाउनुपर्ने भन्दै भिडियो इडिट गरेर एमालेका वडाअध्यक्षहरुलाई वदनाम गराउने काम भइरहेको पनि बताए । उनले काम गर्ने मौका नै नपाएको भन्दै वडाको एजेण्डा पनि कार्यपालिका बैठकमा पेश नभएको भन्दै गुनासो पनि पोखे । 

akrosh-bibek

पछिल्लो समय धरानमा नेकपा एमाले आलोचित भइरहेको छ । खास गरि सामाजिक सञ्जालमा एमाले पार्टी, नेताहरु र निवार्चित वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुको चर्को आलोचना भइरहेको छ । मेयर हर्क साम्पाङ र एमाले नेतृ मञ्जु भण्डारी सुवेदीको फेसबुक वार, नेतृ भण्डारीले मेयर साम्पाङविरुद्ध साइबर अपराधबारे सिआइबीमा गरेको उजुरी र त्यसैकारणले अघिल्लो पटक कार्यपालिका बैठक बहिष्कार गरेपछि अत्यधिक आलोचित भएको हो । यसबाहेक मेयर साम्पाङले शुरु गरेको विकासमो श्रमदान अभियानमा हालसम्म वडाअध्यक्षहरु उपस्थित नभएपछि आम जनताले उनीहरुप्रति मिडियामार्फत प्रश्न उठाइरहेको कारण पनि वडाअध्यक्षहरु मिडियाप्रति नै असन्तुष्ट छन् । 

भिडियो: