धरान: लायन्स क्लव अफ धरान पञ्चकन्याले लायन्स क्लव अफ नेपालको ५२ औ स्थापना दिवस सामाजिक कार्य गरेर मनाएको छ । 

धरान पञ्चकन्याले धरानका विभिन्न पाँच वटा विद्यालय र सामाजिक संस्थाका विद्यार्थीहरुलाई स्टेसनरी समानहरु वितरण गरेर स्थापना दिवस मनाएको हो । पञ्चकन्याले धरान १७ स्थित सयपत्री वालविकास केन्द्र, दन्तकाली स्कुल धरान १४, नेपाल वसोवास वस्ती संरक्षण समाज, धरान पोजिटिभ समुह र गृह श्रमिक महिला ढाका उद्यमी समाज नेपालको मातहतमा रहेका विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरेको हो । 

lions1

क्लवले दुई हजार ५ सय थान कापी र अन्य स्टेसनरी समान प्रदान गरेको छ । लायन्सको “जहा आवश्यक्ता, त्यहा लायन्स” सिद्धान्तलाई अपनाउदै नेपालमा लायन्स क्लवको स्थापना भएको ५२ औ वर्ष पुगेको अवसरमा समाजिक कार्य गरेर स्थापना दिवस मनाइएको लायन्स धरान पञ्कन्याका अध्यक्ष एक्ता श्रेष्ठले बताइन् । सहयोग सामग्री कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर लायन्स धिरज गुरुङ्ग पिएमजिएफ, फस्ट लेडि लायन्स रेखा गुरुङ्ग, एरिया चिफ लायन्स कविता लिम्वु, युवा व्यवसायी सम्राट श्रेष्ठ लगायतले वितरण गरेका थिए ।

lions2