धरान: सोमबार धरानको भानुचोकमा नेवार समुदायको प्रमुख परम्परागत साँस्कृति लाखेनाचको वृहत प्रर्दशनी हुने भएको छ । 

नेवाः देय् दबूँ धरान उपमहानगर समितिले आइतबार पत्रकार सम्मेलन गर्दै बेलुकी करिब ५ बजेदेखि वृहत लाखेनाच प्रर्दशनी हुने जानकारी दिएको हो । उक्त प्रर्दशनीमा धरानका १९ वटा संस्थागत लाखेनाच समूहहरू सहभागी हुनेछन् भने भोजपुरको दावाबाट पनि सहभागिताको हुने बताइएको छ । धरानमा तेस्रो पटक वृहत लाखेनाच प्रर्दशनी हुन लागेको हो । सोही कार्यक्रममा धरानमा गएको स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेका नेवार समुदायका जनप्रतिनिधिसँगै मेयर र उपमेयरलाई पनि सम्मान गर्ने सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै, धरान १० स्थित पुतलीलाइन लाखेनाच समुहलाई पनि सम्मान गर्ने उनले बताए । 

lakhe1

दबुले धरानमा लाखेनाचलाई संरक्षण, संवद्र्धन र अनुगमन गर्दै आइरहेको साथै मर्यादित र व्यवस्थित गर्न पनि निरन्तर छलफल भइरहेको जनाएको छ । लाखेनाचलाई कमाई खाने भाडो बनाउन नदिन र मर्यादित, व्यस्थित बनाउन २०७५ सालदेखि कडाई गरिएको अध्यक्ष  मनोहर शाक्यले बताए । उनका अनुसार पैसा उठाउनको लागि लाखेनाच निकाल्ने गरेकोमा अब भने निगरानी गर्न थालिएको पनि बताए । त्यसखालको लाखे नेवार समुदायभन्दा पनि गैरनेवार समुदायले निकाल्ने गरेकोले कडाई गरिएको उनले बताए । यद्यपी, लाखेनालमा गैरनेवार समुदायको सहभागिता गर्व लाग्दो भएको उनले बताए । 

दबुले धरानमा लाखेनाचलाई मर्यादित तथा व्यवस्थित गर्न ९ बुँदे सुचना पनि जारी गरिएको जनाएको छ । जसमा धरानमा रहेका सम्पुर्ण लाखेनाच समुह वा संस्थाहरु अनिवार्य दर्ता गराउददै सुचीकृत गर्न थालेको जनाएको छ भने लाखेनाच समुह वा संस्थाहरुले आफ्नो परिचय खुल्ने गरी व्यानर वा परिचय पत्र वा टिसर्ट लगाउनुपर्ने उल्लेख छ । धरानभित्र घर वा व्यापार व्यवसायी क्षेत्रमा आर्थिक संकलन गर्नं नपाइने, स्वतस्फुर्तरुपमा आर्थिक सहयोग वा निम्तो भएर श्रद्धाले दिएको आर्थिक सहयोग (भेटी) मात्र ग्रहण गर्नेलगायत रहेको छ । 

भिडियो: