धरान: हसिना ग्रुप प्रालिले जन्मदै दुबै खुट्टा चलाउन नसक्ने र बोल्न नसक्ने शारिरीक रुपमा अशक्त एक युवतीलाई ह्विलचियर प्रदान गरेको छ । 

सिरहाको लाहान नगरपालिका वडा नम्बर ४ की २० बर्षीया सपना कुमारी महत्तोलाई प्रालिले ह्विलचियर प्रदान गरेको हो । 'सफाईको लागि हसिना' भन्ने मुल नारा सहित सुन्दरहरैचा ५ मोरङमा यो प्रालि सञ्चालनमा रहेको छ । कम्पनीले लाहान बिक्री केन्द्रका (डिलर) प्रोपाइटर शंखर कुमार महत्तोका छोरी सपनालाई कम्पनीको प्रतिनिधि राजन कार्की र पुष्पा राईमार्फत ह्विलचियर प्रदान गरेको हो ।

आफ्नो छोरीलाई कम्पनीले ह्विलचियर दिएकोमा डिलरका प्रोपाईटर शंखर कुमार महत्तोले खुशी व्यक्त गरे । आफ्नो अशक्त छोरीलाई कम्पनीले ह्विलचियर प्रदान गरेर व्यवसायसँगै सामाजिक कार्यमा पनि उतरदायी बनेको भन्दै उनले प्रशंसासमेत गरे । हसिना ग्रुप कम्पनीका संचालक अशोक कुमार राईले व्यवसायसंगै रोजगारीको अवसर र सामाजिक कार्य गर्दै आईरहेको जानकारी दिए । अर्का सञ्चालक लेखनाथ आचर्यले बिगतका बर्षहरुमा कम्पनीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको र भविष्यमा पनि सामाजिक क्षेत्रमा योगदान गर्ने बताए ।

संचालक तथा मेनेजर रोहित राईले समृद्व नेपाल उत्पादनबाट मात्र सम्भव भएकोले बिक्रेता र उपभोक्ताको सुझावलाई आत्मसाथ गर्दै उत्पादनलाई अघि बढाउने बताए । उनका अनुसार अहिले १ नम्बर प्रदेश र मधेस प्रदेसमा मात्र कम्पनीको उत्पादन पुग्न सकेको छ । भविष्यमा देशै भरी उत्पादान पुर्याउन बजारीकरण गर्ने योजना रहेको पनि उनले बताए । कम्पनीले हसिना ब्राण्डका सफाईका सामानहरु ट्वाईलेट किल्नर, फिनेल, गिलास किल्नर, डिसवास, पितम्बरी, टुवाईलेट एसिड र डिस्टील वाटरलगायत उत्पादन गर्दै आएको छ भने १८ जनालाई रोजगारी दिदै आइरहेको छ।