धरानः नेपाल फोटो पत्रकार महासंघ सुनसरीको दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

बुधबार धरान ४ भेडेटार (काम्फेक)स्थित होटल बेसक्याम्पमा भएको अधिवेशनले पुनः विकास चाम्लिङ राईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघको केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङ राईको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनले उपाध्यक्षमा नविन गड्तौला, सचिवमा शिशिर राई, सहसचिवमा नसिम अन्सारी र सनम तामाङ्ग, कोषाध्यक्षमा सञ्जु राई (सुमित्रा) र सहकोषाध्यक्षमा सागर सिंजालीलाई सर्वसम्मच चयन गरेको छ । 

यसैगरि,  सदस्यहरूमा सोहन श्रेष्ठ, सञ्जय याक्खा, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ र शुक्रान्त राई, लासेवा सुब्बा, मौषमी कार्की, स्नेहा श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र प्रतिप राई पनि चयन भएका छन् । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि एवं केन्द्रीय सदस्य राईले फोटो पत्रकारहरुले आफ्नो श्रमको महत्व झल्किने गरि काम गर्न आग्रह गरे । उनले निःशुल्क काम नगर्न आग्रह गर्दै कसैले माग्दैमा फोटो नदिन र सामाजिक सञ्जालमा पनि अरुले सित्तैका प्रयोग हुने गरि अपलोड नगर्न आग्रह गरे । उनले समाचारको लागि मात्र फोटो सम्प्रेषण गर्नुपर्ने धारणा राख्दै फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि आगामी दिनमा काम गर्ने पनि बताए । फोटो पत्रकारिता गर्नेहरुका लागि संस्था भएको भन्दै फोटोग्राफी मात्र गर्नेहरुलाई पनि मिडियामा आवद्ध हुन आग्रह गरे ।  

fnpj1

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले पनि सिप विकास गर्नुपर्ने धारणा राख्दै फोटो पत्रकारहरुले उत्कृष्ट फोटो खिच्न महत्वपुर्ण क्षणको प्रतिक्षा गर्नुपर्ने र मौका गुमाउन नहुने पनि बताए । उनले पनि मेहनत गरेपछि मुल्य पाउनुपर्ने भन्दै निःशुल्क फोटो कसैलाई पनि नदिन आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई, क्रियाशिल महिला पत्रकार समुहकी अध्यक्ष मनिता चाम्लिाङ राई, फोटो पत्रकार महासंघका सल्लाहकार किसोर थुलुङ र अग्रज फोटो पत्रकार मोजेश राईले पनि शुभकामना व्यक्त गरे । 

उद्घाटन सत्रमा सचिव शिशिर राईले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दे कोडिभको बाबजुत पनि भेडेटार फुड फेस्टिभल तथा धरान डेमा फोटो प्रर्दशनी गरेको, कोभिडको बेला राहत वितरण तथा प्रचारात्मक कार्यक्रमहरू गरेको र फोटो पत्रकारहरूलाई व्यवसायिक बनाउन निरन्तर अभ्यासहरू गरेको उल्लेख गरेका थिटए । यस्तै, निवर्तमान कोषाध्यक्ष सुनिता केसी राईको अल्पायुमा नै निधन भएकोप्रति कार्यक्रममा श्रद्धान्जली अर्पण गर्दे मौनधारण समेत गरिएको थियो ।

भिडियो: