धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले 'चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९' फिर्ता लिन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ । 

संघका अध्यक्ष विजय श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै राष्ट्र बैंकबाट भदौ ७ गते जारी गरिएको उक्त निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । कोभिडको असरलाई विस्तारै भुल्न कोशिस भइरहदा रुस युक्रेन युद्धले मुल्यवृद्धि, बैंकिङ क्षेत्रमा परेको तरलता अभावलगायत कारणले स्वीकृत भइसकेको कर्जासमेत प्राप्त गर्न नसक्दा व्यवसायीले अनगिन्ती समस्या भोग्नु परिरहेको विज्ञप्तीमा उल्लेख छ । 

हाल कायम कर्जाको ब्याजसमेत तिर्न नसकेर दैनिक जसो सयौं व्यवसायीहरु पलायन हुदै जाने अवस्था सृर्जना भएको बेला अन्य सामान्य अवस्थाको जस्तो मार्गदर्शनले न्याय नहुने पनि उल्लेख छ । मार्गदर्शनमा १ करोड भन्दा सानो व्यवसायिक कर्जा उपभोग गर्ने साना उद्यमी व्यवसायीहरुलाई लागु नगर्ने, उद्योग व्यवसायको प्रकृति अनुसार चालूपूँजीको आवश्यकतालाई संघका प्रतिनिधिसहित सल्लाह लिइ सीमा निर्धारण गर्ने र हाललाई बैंकहरुमा तरलता सहज नभएसम्म नियमित कर्जा प्रवाह शुरु भएको मितिबाट सहज अवस्था नभएसम्म निर्देशक फिर्ता लिन संघले अनुरोध गरेको छ । 

fncci-notice