धरान: नेकपा (माओवादी केन्द्र)ले सुनसरी निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य (संघीय सांसद)को लागि प्रत्यक्षतर्फ ३ जना उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश गरेको छ ।
नेकपा (माओवादी केन्द्र) सुनसरी १ नम्बर क्षेत्र निर्वाचन परिचालन समितिको आज (सोमबार) बसेको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ मुक्सामहाङ मेन्याङबो (मुकेश), किरण कुमार राई र फोक्वाहाङ सुब्बा (चोलुङ)को नाम सिफारिश गर्ने निर्णय गरेको हो ।
यस्तै, समानुपातिक तर्फ राजेन्द्र किराती, सावित्रा चौलागाई (भुमिका) चन्द्रदत्त (सिपि) पौडेल, पुर्ण भुजेल (चिन्तन) र प्रताप प्रकाश ल्वागुन (दिपेश) को नाम सिफारिश गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।
निर्वाचन नजिकिदै गर्दा यसअघि सत्ता गठबन्धनकै घटक दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेद्वार सिफारिश गरिसकेको छ । आजै नेकपा एमालेले पनि सर्वसम्मतरुपमा जयकुमार राईलाई प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार बनाउने निर्णय गर्दै सिफारिश गरेको छ ।