धरान: प्रहरीले धरानबाट एक युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय धरानको टोलीले धरान १५ का ३२ बर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यस्तै, झापाबाट पनि धरानका थप २ युवा ब्राउन सुगरसहित पक्राउ गरेका छन् । मेचीनगर नगरपालिका ६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले भारतबाट नेपाल आउदै गरेका धरान १६ सुनसरीका ३७ बर्षीय युसुफ सुब्वा र २७ बर्षीय थोमस राईलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

यसैगरि, प्रहरी चौकी कुशेचौरी मोरङको टोलीले पथरी शनिश्चरे(९ का २८ बर्षीय मिलन भण्डारी र २० बर्षीय अभिषेक लिम्बुलाई पनि पक्राउ गरेको छ । उनीहरुको साथबाट ६०० मिलिग्राम ब्राउन सुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्की वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँच जनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।