धरान: नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको केन्द्रीय सहकोषाध्यक्षमा धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्रप्रसाद खतिवडा निवार्चित भएका छन् । 

“स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ काठमाण्डौंमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनबाट खतिवडा सहकोषाध्यक्षमा निवार्चित भएका हुन् । खतिवडा राजश्व महाशाखा तथा सुचना शाखा प्रमुख हुन् । यस्तै, सोही महाधिवेशनबाट धरान उपमहानगरपालिकामा कार्यरत निर्मला बस्नेत पनि केन्द्रीय सदस्यमा निवार्चित भएकी छिन् । 

महाधिवेशनले डम्बर रोगुको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको पनि सहकोषाध्यक्ष खतिवडाले जानकारी दिए । उनका अनुसार बरिष्ठ उपाध्यक्षमा बद्रीमान नगरकोटी, महिला उपाध्यक्षमा जमुना कुमारी भुजेल महासचिव सितु प्रसाद श्रेष्ठ, उप महासचिवमा चित्रबहादुर विश्वकर्मा, कोषाध्यक्षमा सानुमैया डंगोल निवार्चित भएका छन् । 

यस्तै, १ नं प्रदेश अध्यक्षमा त्रिलोचन पौडेल, मधेश प्रदेश अध्यक्षमा अजय कुमार शर्मा, वागमती प्रदेश अध्यक्षमा निरन श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्षमा अरुण पौडेल, लुम्विनी प्रदेश अध्यक्षमा राजन कुमार केसी तथा सुदुरपश्चिम प्रदेश अध्यक्षमा लालमन तामाङ सर्वसम्मत चयन भएको पनि खतिवडाले जानकारी दिए ।

केन्द्रीय सदस्यहरुमा धरानकी बस्नेतसँगै निरन्जनकुमार क्षेत्री, ज्ञानप्रसाद अर्यालु, ठगिश्वर पोखरेल। मधुसुधन घर्ती, बद्रीप्रसाद रिमाल, संजयकुमार ढुंगाना, सञ्जिवकुमार सिंह,  भिमबहादुर विश्वकर्मा, शुशिल कर्ण, अमर राय, ओमनाथ ढकाल, पदमराज श्रेष्ठ चयन भएका छन् ।