धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको विद्यार्थी कल्याण समाजको निर्वाचन सम्पन्न भएको छ । 

प्रत्येक २ बर्षमा हुनुपर्ने निर्वाचन ७ बर्ष पनि भएको हो । प्रतिष्ठानको सिनेटले पारित गरेको विधान अनुसार निर्वाचन भएको जनाएको छ । अध्यक्षमा ओम शान्ति रजक निवार्चित भएका छन् । कुल २७ जना सदस्य रहेको समाजमा १९ जना सदस्यहरु निर्वाचनबाट चयन भएका हुन् भने अन्य सदस्यहरु निर्विरोध भएका हुन् ।

समाजको वरिष्ठ उपाध्यक्षमा यादव अर्याल, उपाध्यक्ष (जुनियर रसिडेन्ट) मा डा.अच्युत शर्मा न्यौपाने, उपाध्यक्ष (एमबिबिएस) एञ्जिला कुँवर, उपाध्यक्ष (बिडिएस) मीरादेवी आचार्य, उपाध्यक्ष (नर्सिङ) अमिशा बराइली निवार्चित भएका छन् । यस्तै, महासचिवमा सलमान हैदर हुसेन, सचिवमा जमुना वन र कोषाध्यक्ष सुर्दशन साह निवार्चित भएका छ्न ।

bp-vc-student

यसैगरि, सदस्यहरुमा (जुनियर रेसिडेन्ट) डा. पवन उपाध्याय (निर्विरोध), डा. मनोज आचार्य (निर्विरोध), डा. निराजन पराजुली(निर्विरोध), सदस्य (एम बी बी एस) अमित कुमार, सागर कार्की, सिद्धार्थ साह, मृणांक यादव, गीवर्ण पाण्डे, दिवेश कुमार मण्डल, सदस्य (बी डी एस) दिवश पन्त, सुयोग झा, रमेश बहादुर बुढा, सदस्य (नर्सिङ्ग)अपेक्षा उप्रेती, माधव सर्राफ, सदस्य (एलाईड साइंस) शान्तीराम तिम्सिना (निर्विरोध) सदस्य (एम पी एच) मिलन घिमीरे (निर्विरोध) चयन भएका छन् । 

यस्तै, निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आइतबार प्रतिष्ठानको अडिटोरियम हलमा पदस्थापना तथा शपथग्रहण गरिएको थियो । शपथ ग्रहणमा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले विजयी विद्यार्थीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै प्रतिष्ठानको विकास र विस्तारमा विद्यार्थी कल्याण समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गरेका थिए । निर्वाचन समितिका अध्यक्ष डा. शमशेर श्रेष्ठले निर्वाचित सदस्यहरुलाई बधाई एवं शुभकामना दिंदै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सहयोगी तथा सम्बन्धित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।