धरान: तराई एवं मधेश क्षेत्रमा धुमधामले मनाइने छठ पर्वको अचेल त्यस क्षेत्रमा मात्र सिमित छैन । हिजोआज यो पर्व मधेश तथा मधेशी मुलका नेपालीहरुमा मात्र पर्व रहेन । 

आफ्नो भुगोल र समुदाय नाघेर छठ पर्व नेपालीहरुको साँझा साँस्कृतिक पर्व हुदै गएको छ । हरेक बर्ष यसले व्यापकता पनि पाउदै गएको छ । तिहार लगत्तै आउने छठ पर्व आज (आइतबार) धरानमा पनि धुमधामले मनाइएको छ । धरानको सेउती र सर्दु खोला छठ पूजाको लागि बिशेषरुपमा सिंगारिएको छ । यहाँ छठी माताको पूजाआराधना गर्न तथा अस्ताउदो सुर्यलाई अर्घ दिन आइतबार साँझ हजारौं मानिसहरु भेला भए । पूजा, आराधाना गरेको हेर्नेहरुको पनि उस्तै घुइचो लागेको थियो ।

भिडियो:

छठमा ब्रत बस्ने र पूजा गर्ने तराई एवं मधेश मुलका मात्र छैनन् । पहाडी मुलका तथा जनजाति महिलाहरु पनि उतिकै छन् । यो पर्वले समाजमा सद्भाव बढाउदै गएको तथा भाइचाराको सम्बन्ध बढाउदै लगेको देखिन्छ । भोली बिहान उदाउदो सुर्यलाई अर्घ दिएपछि यो पर्व विधिवतरुपमा समापन हुन्छ । 

chhat1

chhat4

chhat5

chhat2

chhat6

chhat7

chhat10

chhat8

chhat12

chhat9

chhat14

chhat18

chhat15

chhat13

chhat17

chhat16

chhat19