धरान: मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि लोकतान्त्रिक वाम गठनधनले सुनसरी क्षेत्र नं १ को चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।
धरान १५ स्थित होटल धरान किचनमा शुक्रबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले सुनसरी १ को चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो । गठबन्धनबाट सुनसरी क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्साहाङ मेन्याङ्बो (मुकेश) उम्मेद्वार छने भने प्रदेशसभा १ (१) मा नेपाली कांग्रेसका उमेश थापा र प्रदेशसभा १(२) मा नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई उम्मेद्वार छन् । तीनै जना उम्मेद्वारसहित समानुपातिक उम्मेद्वार र नेताहरुले संकल्प पत्र सार्वजनिक गरेका थिए ।
गठबन्धनले ऐतिहासिक पृष्ठभुमी र सभ्यतासँग सम्बन्धित पहिचानका आधारमा प्रदेश १ को नामांकन गर्ने संकल्पन व्यक्त गरेको छ । यस्तै, धरानको खानेपानी समस्या समाधान गर्न प्रदेश र संघबाट आवश्यक बजेटको पहल गर्ने, धरान लेउती सुरुङ मार्ग निर्माण गरेर तमोर करिडोरसँग धरानलाई केन्द्रविन्दु बनाउन पहल गर्ने पनि गठबन्धनले संकल्प पत्रमा समावेश गरेको छ ।
यस्तै, निराजनबस्ती, दानबारी कन्यापोखरी सडक चाडो कालोपत्रे गर्न पर्याप्त बजेटको पहल गर्ने, धरान १४ को बहुजातीय संग्रहालय निर्माण पुरा गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने, केवलकार सञ्चालन सम्भाव्यता अध्ययन गरी निर्माण पहल गर्ने, सुनसरी १ लाई प्रदेश एककै शैक्षिक गन्तव्य बनाउन पहल गर्ने, मदन भण्डारी राजमार्ग र जोगवनी धरान किमाथांका सडक चाडो सम्पन्न गर्न समन्वय र पहल गर्ने, विराटनगरदेखि धरानसम्म रेलमार्ग निर्माण गर्न पहल गर्नेलगायतका योजना पनि संकल्प पत्रमा समावेश गरिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा उम्मेद्वार मेन्याङ्बोले आफु ऐतिहासिक राजनीतिक उपलब्धी र संविधानको रक्षामा उभिने संकल्पन व्यक्त गर्दै धरान, रामधुनी र बराहक्षेत्रलाई पर्यटनको महत्वपुर्ण केन्द्र बनाउन बिशेष पहल गर्ने, योजना र कार्यक्रम बनाउने बताए । यसको लागि सडक पुर्वाधार आवश्यक पर्ने भएकोले ओलाङ्चुगोला तमारेर करिडोर हुदै धरानबाट जोगवानी जाने सडक, किमाथांका धरान हुदै जोगवनी जाने त्रिदेशीय मार्ग समयमा नै सम्पन्न गर्ने आफ्नो बिशेष भुमिका रहने उनले बताए । यस्तै, मदन भण्डारी राजमार्गलाई समयमा नै सम्पन्न गर्ने र यो क्षेत्रलाई क्षेत्रीय सडकमार्फत धरान भरौल, धरान बक्लौरी जोडेर पर्यटनको पुर्वाधार बनाउने उनले बनाए । एयरपोर्ट र बसपार्क पनि निर्माण सम्पन्न गर्ने उनले बताए ।
यस्तै प्रदेशसभा १ (१) का उम्मेद्वार थापाले यो क्षेत्र र धरान केन्द्रको पहुँचबाट बाहिर रहेको र जितेर गएका प्रतिनिधिहरुले काम गर्न नसकेको बताए । अहिलेसम्म धरान र क्षे त्रनं १ मा गौरवको राष्ट्यि आयोजना प्राप्त गर्न नसकेको र सुखद अनुभूति गर्न सकेको छैन । धरान आर्थिक, साँस्कृति, राजनीतिकरुपले जहिल्यै पछि परेको उनले बताए । धार्मिक पर्यटनलाई अघि बढाउने गुरुयोजना रहेको पनि उनको भनाई छ ।
प्रदेशसभा १ (२) का उम्मेद्वार राईले प्रदेश १ को नामकरण ऐतिहासिक पृष्ठभुमी, सभ्यतासँग सम्बन्धित पहिचानको आधारमा नाम राख्न एक्लै भएपनि सदनमा आवाज बुलन्द गर्ने बताए । धरान लेउती सुरुङ मार्ग बनाएर तमोर करिडोरमा जोड्न पहल गर्ने, बराहक्षेत्र र बक्लौरीमा औद्योगिक ग्राम बनाउन पहल गर्ने उनले बताए ।
भिडियो: