धरान: सुनसरी क्षेत्र नं १ (२) बाट प्रदेश सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रेवती रमण राईले आफु जनताको सेवक भएर काम गर्ने बताएका छन् ।
उनले घरदैलो कार्यक्रमको क्रममा यस्तो बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट राई सुनसरी क्षेत्र न १ (२) तर्फ उम्मेद्वार छन् । चुनाव चिह्न कलम भएका उनी नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको साथमा चुनावमा होमिएका छन् । राईलाई जिताउनको लागि नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईले कमान्ड गरि रहेका छन् ।
चुनाव जित्ने आधारहरु धेरै भएको र नेकपा एमालेसँग जनता रुष्ट भएकोले एकपटक जनताको सेवा गर्ने अवसर आफुले पाउने उम्मेदवार राईले बताए । उनको निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसका नेताहरु पुर्व प्रदेश प्रमुख गोबिन्द सुब्बा, पुर्व मेयर तिलक राईसहित नेकपा माओवादीका केन्द्रियदेखि स्थानीय तहका नेता कार्यकर्ताहरु समेत लागि परेका छन् । लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ्ग मेन्याङ्बो छन् भने प्रदेशसभा १(१) मा नेपाली काङ्ग्रेसका उमेश थापा उम्मेद्वार छन् ।