धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न कार्यक्रम आयोजना गरि विश्व मधुमेह दिवस मनाइएको छ । 

विश्वभरीका स्वास्थ्य संस्थाहरुले हरेक वर्ष नोभेम्बर १४ का दिन मधुमेह दिवस मनाइने गरिएको छ । मधुमेहलाई चिनी रोग पनि भनिन्छ । मनाउने उक्त दिवसको सन् २०२१ देखि २०२३ सम्मको मूल नारा मधुमेह रहेको छ । प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड ईमर्जेन्सी विभाग तथा इन्टर्नल मेडिसिन विभागको संयुक्त आयोजनामा सोमबार बिहानै र्याली भएको थियो ।

प्रतिष्ठानको जीओपीडी प्राङ्गणदेखि शुरु भएको र्याली धरान रंगशाला पुगेर पुनः प्रतिष्ठानमा फर्किएको थियो । र्यालीमा प्रतिष्ठानका विभागिय प्रमुख, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थीहरुका साथै स्थानीयहरुसहित गरेर २५० भन्दा बढिको सहभागिता रहेको थियो । र्यालीको क्रममा मधुमेह सम्बन्धी जनचेतना फैलाउने संन्देश तथा सूचना लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो भने त्यस्तै संन्देश तथा सूचना भएका पर्चाहरु पनि वितरण गरिएको थियो । उक्त र्याली प्रतिष्ठानको हाता भित्र रहेको वी.पी. कोइरालाको सालिकमा आएर टुङ्गिएको थियो । 

dia

र्याली सकिएपछि विद्यार्थी कल्याण समाज, जुनियर रेसिडेन्ट कल्याण समाजका प्रतिनिधिहरुले धारणा व्यक्त गर्नुभएको थियो । प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. रबिन मास्के तथा जेनेरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभागका एसोसिएट प्रोफेसर डा. अजय कुमार यादवले चिनिरोग, यसको रोकथामका उपायहरु, उपाचार पद्धती आदिका बारेमा विशेष प्रकाश पारेका थिए ।

चिनिरोग लाग्नु अगावै ध्यानदिनु पर्ने कुराहरु, स्वास्थ्य खानपिन तथा कसरतले खेल्ने महत्वपूर्ण भूमिका, मोटोपनले निम्त्याउने जोखिमहरु, चिनिरोगका विरामीहरुले पु¥याउनु पर्ने ध्यान जस्ता विषयहरुमा प्रष्ट्याएका थिए ।  चिनिरोगका विरामीहरुका लागि चार थरिका सेतो विष भनेर चिनिने भात, चिनि, मैदा र नुन जस्ता चिजबाट कसरी टाढा रहने भन्ने बारे पनि उनीहरुले प्रष्ट पारेका थिए । इन्टर्नल मेडिसिन विभागका एसिस्टेन्ट प्रोफेसर डा. भूपेन्द्र शाहले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।