धरान: सुनसरी क्षेत्र नं १ मा राती ८ बजेको मतपरिणाम आउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन) ले फेरि अग्रता कायम गरेकी छिन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार वडा न ८ सम्म १९ हजार ६९३ मतगणना सकिदा सरिनले गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश)लाई ८७ मतले पछाडि छोडेका छन् । सरिनले ३ हजार ६८७ मत प्राप्त गरेकी छिन् भने गठबन्धनका मुकेशले ३ हजार ६ सय मत प्राप्त गरेका छन् । 

यस्तै, एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले ३ हजार ३७५ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले २ हजार ५४२ मत पाएका छन् । राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले १९५१ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार मातृकाप्रसाद भट्टराईले १३४५ मत पाएका छन् । 

भिडियो :