धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन) को मत १० हजार कटेको छ ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार बिहान ९ बजेसम्म ४९ हजार ११३ मत गणना सकिदा सरिनले १० हजार १५६ मत ल्याएकी छिन् । उनी भन्दा पछि जनता समाजवादी पार्टीका उम्मेद्वार अशोककुमार राईको ८ हजार ७०३ मत रहेको छ । तामाङ राईभन्दा १४५३ मतले अघि छिन् ।

sarin

यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले ७ हजार ११२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ६ हजार १८० मत, राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ५०३३ मत ल्याएका छन् । यसैगरि, तर्कबहादुर मगरले ३ हजार १७१ र मातृकाप्रसाद भट्टराईले १५६४ मत पाएका छन् ।

प्रदेशसभा १ (ख) मा एमालेका राई अगाडि

bijay-rai

प्रदेशसभा १ (ख) तर्फ भने नेकपा एमालेका उम्मेद्वार विजय राईले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ हजार ४६१ मत गणना सकिदा एमालेका विजयकुमार राईले २ हजार ६२६ मत पाएका छन् । उनलाई राप्रपाका अनिश ढकालले २ हजार २७८ मत पाएका छन् । 

यसैगरि, स्वतन्त्र उम्मेद्वार हेमचन्द्र राईले १ हजार ४०६ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका रेवतीरमण राईले १०९२ मत पाएका छन् । 

भिडियो :